भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : गरौं जोडदार विरोध

१९ कात्तिक अर्थात् ४ नोभेम्बरमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल सरकारको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । तर, हामी देशभक्त नेपालीहरूले भने नरवणेको यो भ्रमणको जोडदार विरोध गर्नु पर्दछ र गरेका छौं ।

प्रथमतः कुनै एक देसको सेनापतिलाई कुनै अर्को देशका राष्ट्रपतिले सम्मानस्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैंमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा हो । त्यसमाथि सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको ‘प्रचलन’ आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो । यदि त्यसो होइन र ‘घनिष्ठ सम्बन्ध’ भएका दुई देशका बीचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रक्रिया चीनसँग नेपालले र पाकिस्तान, बङ्गलादेशजस्ता घनिष्ट छिमेकी देश (जो ७० वर्ष अघिसम्म एउटै देशका रुपमा थिए) सँग भारतले किन लागू गर्दैन ? यसरी हेर्दा नेपाल–भारतका सेनाप्रमुखलाई एक–अर्काका मानार्थ महासथीको दर्जा दिने काम अतार्किक, असङ्गतिपूर्ण र अवाञ्छित रहेको कुरा स्वतः स्पष्ट नै छ । अतः यो प्रचलन हामी स्वाभिमानी नेपालीका लागि अत्यधिक दुखद् र विडम्बनापूर्ण विषय हो ।

अर्को आपत्तिजनक सन्दर्भ यो पनि छ कि भारतीय सेना प्रमुख नरवणेको भ्रमणको चाँजोपाँजो पनि मिलाउने गरी भारतीय पुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल केही अघि नेपाल आए र प्रधानमन्त्रीको सरकारी निवास बालुवारमै गएर प्रधानमन्त्री ओलीसँग लामै गोप्य भेटघाट गरे । यो घटनाक्रमले एकातिर भारतीय राजनीतिक र कूटनीतिक नेतृत्व निरर्थक र निकम्मा भएको पुष्टि हुन्छ भने अर्कातिर नेपालको माइक्रो म्यानेजमेन्टमा भारतीय गुप्तचर संस्थाको खुलेआम हस्तक्षेप चलिरहेको पुष्टि गरेको छ । त्यो हस्तक्षेपलाई नेपालको वर्तमान सरकारले स्वीकारयोग्य मात्र होइन, स्वागतयोग्य नै ठानेको स्पष्ट भएको छ । यो स्थिति स्वाभिमानी नेपाली र नेपालको लागि असह्यब कुरा हो ।

आम नेपालीले यतिबेर सहजै बुझिरहेका छन् कि ‘रअ’ का एक कर्मचारीको यो हदको चलखेल र हस्तक्षेपका अगाडि झुकेर नेपालका प्रधानमन्त्रीले नरवणेको स्वागत(सम्मान गर्ने प्रक्रिया अघि बढाएका छन् । यो प्रक्रियाले सार्वभौम नेपालको दुईतिहाई बहुमतको र अझ ‘कम्युनिस्ट’ नामको सरकारमा नेतृत्व गरिरहेका ‘राष्ट्रवादी’ छविका प्रधानमन्त्री ओलीको अवस्थालाई उदाङ्गो पारिरहेको छ । उता, ‘लोकतन्त्र’ को सर्वाधिक धाक लगाउने र अत्यधिक लोकप्रिय रहेको दावी गर्ने अर्को सार्वभौम र शक्तिशाली राष्ट्र भारतका प्रधानमन्त्री मोदीको वास्ताविक अवस्थालाई समेत यो स्थितिले उदाङ्गो पारिदिएको छ । भारतीय राजनीतिक र कूटनीतिक संयन्त्रमाथि खुफिया एजेन्सी हावी रहेको यो स्थिति उसको प्रतिष्ठामा त धक्का हो नै, साथै नेपाल र भारत तथा यहाँका जनताको समेत बेइज्जत हो ।

त्यसैले, नरवणेको नेपाल भ्रमणका सम्पूर्ण कार्यक्रमहरु अविलम्ब रद्द गरिनैपर्छ । यसका निम्ति सचेत, देशभक्त र स्वाभिमानी नेपालका शक्ति, संघ–संस्था र व्यक्ति(व्यक्तिव्यक्तित्वहरुले सशक्त विरोध गर्नु पर्दछ । यदि हामी नेपाली भनिने र गनिनेहरुमा देशप्रेमको थोरै पनि भावना छ, राष्ट्रिय अस्मिता र अस्तित्व जोगाउनुपर्ने कर्तव्यबोध छ र राष्ट्रिय, सांगठनिक एवं व्यक्तिगतरुपमा समेत थोरै मात्र भए पनि स्वाभिमान र स्वाधीनताको मूल्य र महत्त्वबोध छ भने हरेक नेपालीले नेपाल–भारतका वर्तमान सरकारका यी हस्तक्षेपपूर्ण र स्वाभिमानविरोधी कार्यको विरोध, अवरोध र प्रतिरोध गर्नैपर्ने हुन्छ । तसर्थ, यो देशको सरकारमा रहेकादेखि, सदनमा, संसदीय दलमा, संगठन (पार्टी र मोर्चा) मा, सडकमा र समाजमा रहेका सम्पूर्ण सचेत, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य–मान्यताका हिमायती, राजनीतिक र कूटनीतिक मर्यादाका पक्षपातीलगायत सम्पूर्ण देशभक्त नेपालीहरुले संयुक्त र सशक्तरुपमा ‘रअ’ को यो षड्यन्त्रकारी र हस्तक्षेपयुक्त व्यवस्थापनमा कथित सैन्य कूटनीतिको प्रयोगका नाममा राष्ट्रिय आत्मसमर्पण हुने गरी हुन गैरहेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणको निर्णायक विरोध गर्नु अहिलेको ऐतिहासिक अपरिहार्यता भएको छ ।

एउटा देशभक्त नेपालीका नाताले मात्र पनि सबैमा अपिल छ–

– गोयलको हस्तक्षेप र नरवणेको धम्कीका अगाडि नझुकौंं !
– हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर जोगाएको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र स्वत्व(अस्तित्वलाई कायम राखौं !
– संसारमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई अझ माथि उठाऔं !
– नरवणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौं !

थप याे पनि पढ्नुहाेस्–
‘भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेज गर’ : २१ दल/संगठन

 

 

वैचारिक प्रतिबद्धतासहित जनजिब्रोको आगमन : यो हो हाम्रो सम्पादकीय नीति !

वैचारिक पत्रकारिताको एउटा हिस्सा बनेर साढे दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको जनजिब्रो साप्ताहिककै डिजिटल सहयात्रीका रूपमा जनजिब्रो डटकमको यात्रा अघि बढाएका छौं । अनलाइन सञ्चार माध्यमका रूपमा अघि बढाइएको यो यात्रा ‘चलनचल्तीका’ प्रायः अनलाइन माध्यमहरुभन्दा नितान्त फरक ढंगबाट, सुस्पष्ट योजना र वैचारिक एवम् व्यावहारिक प्रतिबद्धताका साथ निरन्तर अघि बढ्नेछ ।

जनजिब्रो डटकमको सम्पादकीय नीति [Editorial Line]

१. जनजिब्रो डटकमलाई विचार अन्तर्क्रियाको साझा थलो/माध्यम र वैचारिक बहसका दृष्टिले वामपन्थी र क्रान्तिकारीहरूको संयुक्त मोर्चा/मञ्चका रूपमा स्थापित/विकसित गराउने ।

२. अहिले जहाँसुकै क्रियाशील/सङ्गठित भए/नभए तापनि विगतमा नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः माओवादी आन्दोलनमा काम गरेका/योगदान पुर्‍याएका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तकलाई आ–आफ्ना विचार र राजनीतिक बहस सञ्चालन तथा तर्क र पुष्ट्याइँ प्रस्तुत गर्न स्थान दिने । यस क्रममा हालको राजनीतिक आबद्धता र भूमिकाका आधारमा कसैमाथि भेदभाव नगर्ने ।

३. सम्पादक मण्डल र प्रकाशन/प्रशारण कक्षका तर्फबाट बुँदा– २ मा उल्लेखित पात्रहरूमाथि अपमानजनक, गाली–बेइज्जतिपूर्ण, लाञ्छनायुक्त र अभद्र शब्दावलीहरू प्रयोग नगर्ने । त्यस्ता शब्दावली प्रयोग नगर्न वा यथासम्भव कम गर्न अन्तर्वार्तादाता, स्तम्भकार, लेखक र स्रष्टाहरूसँग समेत सम्पादक मण्डलले अनुरोध र प्रेरित गर्ने ।

४. नेताविशेष वा व्यक्तिविशेषमाथि व्यक्तिगत टीकाटिप्पणी, आरोप–प्रत्यारोप र घोचपेच गरिएका/गरिने खालका सामग्री सामान्यतः प्रकाशन/प्रशारण नगर्ने । व्यक्तिकेन्द्रित आलोचना र विरोध वा दलाली र चाकडी झल्कने अतिरञ्जित प्रशंसा या भक्तिभाव झल्कने सामग्रीहरू पनि सामान्यतः प्रकाशन/प्रशारण नगर्ने ।

५. विचार, नीति, कार्यक्रम, सिद्धान्त, राजनीति, प्रवृत्ति, आचरण, विकृति–विसंगति, दूराचार, भ्रष्टाचार, अनियमितता, कुशासन आदिको शिष्ट, मर्यादित र दार्शनिक भाषामा तथ्यपूर्ण, तर्कयुक्त र पुष्टि गर्न सकिने गरी आलोचना, भण्डाफोर र विरोध गर्न तथा विचार सिद्धान्तबारे आ–आफ्ना दृष्टिकोणअनुरूप बहस गर्न सबै स्तम्भकार, लेखक र सर्जक स्वतन्त्र हुनेछन् । यस क्रममा व्यक्तिविशेष वा नेताविशेषका सकारात्मक या नकारात्मक भूमिकाबारे चर्चा हुनु या प्रसङ्ग जोडिनु स्वाभाविक हुनेछ ।

६. सङ्गठनात्मक/राजनीतिक आबद्धताका दृष्टिले सबै घटक र पात्र; विधा वा विषयवस्तुका दृष्टिले विविधतायुक्त; क्षेत्र, लिङ्ग र समुदायका दृष्टिले समेत समावेशी तथा सन्तुलित हुने गरी सामग्रीहरूको संयोजन तथा प्रकाशन/प्रशारणमा विशेष ध्यान दिने ।

७. विभिन्न ऐतिहासिक आन्दोलनहरू, वर्गसङ्घर्षहरू, महान् जनयुद्ध, महान् बेपत्ता योद्धाहरू र महान् सहिदहरूका ऐतिहासिकता, योगदान तथा गरिमालाई अस्वीकार गर्ने, अपमानित गर्ने र नजरअन्दाज गर्ने तथा त्यस्ता आशय झल्काउने सामग्रीहरूलाई स्थान नदिने;  बरु त्यस्ता प्रवृत्ति विरुद्धका सामग्रीहरूको प्रकाशन/प्रशारणमा जोड दिने ।

८. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, जनवाद, समाजवाद, साम्यवाद एवम् कम्युनिस्ट आदर्श तथा अग्रगामी राजनीतिक/सामाजिक/सांस्कृतिक मूल्य–मान्यता विपरीतका सामग्रीहरूलाई स्थान नदिने ।

९. निराशा, कुण्ठा, हिनता र पश्चात्ताप होइन; आशावाद र उज्वल भविष्यको सम्भावना देख्ने र खोजी गर्ने कोणबाट व्यक्त विचार, लेख–रचना र सामग्रीलाई स्थान दिने । विस्तारवाद–साम्राज्यवादका अतिक्रमण, थिचोमिचो र हैकमका विरुद्ध प्रतिरोध र विद्रोह बोल्ने सामग्रीले प्राथमिकता पाउने ।

१०. विभिन्न खाले बार्गेनिङ, धाकधम्की र अपारदर्शी लेनदेनबाट पूर्णतः मुक्त रही कमाइखाने व्यवसायका रूपमा होइन; राष्ट्र र जनताप्रति सचेत नागरिकको दायित्वका रूपमा जनजिब्रो डटकम सञ्चालित हुने तर पारदर्शी र स्वस्थ बजार व्यवस्थापनका माध्यमबाट सञ्चालन खर्च जुटाउने र मितव्ययी एवम् पारदर्शीरूपमा खर्च गर्ने प्रक्रियालाई भने अधिकारकै रूपमा आत्मसात् गरिने ।

मूलतः यिनै दृष्टिकोण, मान्यता र प्रतिबद्धताका साथ अघि बढ्ने जनजिब्रो डटकमको यात्रामा आबद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र विस्तारमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुराेध छ । मुद्रण संस्करणमा झैं डिजिटल प्रकाशन/प्रशारण-यात्रामा समेत खुला हृदयका साथ सहयोग प्राप्त हुने र राष्ट्रव्यापीरूपमै वृहत् सहकार्यको वातावरण बन्ने कुरामा हामी विश्वस्त छौं ।

प्रकाशन/सम्पादन टिम
जनजिब्रो डटकम, काठमाडौं, नेपाल

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

काठमाडौं, १३ कात्तिक ।

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भएको हो ।

विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी थापाले कला–साहित्यको समाजवादी स्वरूपबारे सात बुँदामा व्याख्यान प्रस्तुत गरे । समाजवादमा पनि वर्ग रहने हुनाले वर्गीय पक्षधरता नै समाजवादी कला–साहित्यको पहिलो महत्त्वपूर्ण विषय भएको थापाले बताए । समाजवादमा समेत वर्ग समाप्त भयो भन्न वा वर्गभन्दा माथि उठेको दावी गर्न नसकिने उनले बताए ।

त्यस्तै, सर्वाहारा अन्तर्राष्ट्रवाद समाजवादी कला–साहित्यको दोस्रो महत्त्वपूर्ण तत्त्व भएको उनले बताए । समाजवाद विश्व व्यवस्था भएकाले समाजवादी कला–साहित्यले सर्वाहारा अन्तर्राष्ट्रवादलाई प्रतिबिम्बन गर्नुपर्नेमा उनले जोड दिए । समाजवाद स्थापना भइसकेपछि पनि साम्राज्यवादसित जीवन–मरणको सङ्घर्ष हुनु र त्यसको प्रतिबिम्ब कला–साहित्यमा देखापर्नु समाजवादी कला–साहित्यको तेस्रो पक्ष भएको थापाको तर्क छ ।

समाजवादी व्यवस्थाभित्रको आलोचनात्मक चेत समाजवादी कला–साहित्यको चौथो तत्त्व भएको उनले बताए । हाम्रो समाजमा आलोचनालाई भण्डाफोरका रूपमा बुझ्ने कमजोरी रहेको चर्चा गर्दै आलोचनाभित्रको रचनात्मकतातर्फ कम्युनिस्टहरूको ध्यान जानुपर्ने उनले बताए । समाजवादअन्तर्गत पनि निरन्तर क्रान्तिको सिद्धान्त लागू गर्नु र त्यसलाई कला–साहित्यमार्फत् अभिव्यक्ति दिनु समाजवादी कला–साहित्यको पाँचौँ तत्त्व थापाले बताए । कुनै पनि वस्तुको एकको दुईमा विभाजन हुने हुनाले विपरीतहरुका बीच जीवन–मरणको सङ्घर्ष चलाउनु नै निरन्तर क्रान्तिको सिद्धान्त भएको उनको भनाइ छ ।

दैनिक समस्या समाधानमा ध्यान दिँदै क्रान्तिलाई अगाडि बढाउनु समाजवादको छैटौं महत्त्वपूर्ण पक्ष भएको बताउँदै समाजवादी कला–साहित्यमा यस्तो सिद्धान्तको अभिव्यक्ति देखिनुपर्ने उनले बताए । साम्यवादी आदर्श स्थापित गर्दै समाजवादले साम्यवादका लागि ढोका खोलिदिने यथार्थको प्रतिबिम्बन गर्नु समाजवादी कला–साहित्यको सातौं महत्त्पूर्ण तत्त्व भएको उनले बताए । जसरी नयाँ जनवादले समाजवादका लागि ढोका खोलिदिन्छ, त्यसरी नै समाजवादले साम्यवादका लागि ढोका खोलिदिनुपर्ने विचार उनले व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दै सङ्घका अध्यक्ष प्रा.डा. गिरीले प्रगतिशील लेखकहरूले समाजवादी बिम्बलाई आधार बनाएर लेखनको नयाँ सिलसिला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नारायण मरासिनी, प्रकाश थापामगर, हरिप्रसाद सिलवाल र गिरीप्रसाद बुढाले पूरक टिप्पणी राखे ।

प्रधानमन्त्री ओलीले गरे सडक अनुगमन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिनुभएको छ । विस्तृतमा…

तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकि छिन् ।
भण्डारीले नेपालको संविधानको धारा ११३ को विस्तृतमा…

नयाँघरेको ‘तनक्खा’ विमोचन

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो । विस्तृतमा…

सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम

चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा (नेकपा)ले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसले कैयौँ दृष्टिकोणले महत्व राख्दछ । त्यस सिलसिलामा सर्वप्रथम र सुरुमा नै एउटा कुरा प्रष्ट गर्न चाहान्छौँ । विस्तृतमा…

Where can I get some?

Contrary to popular belief, Lorem Ipsum is not simply random text. It has roots in a piece of classical Latin literature from 45 BC, making it over 2000 years old. Richard McClintock, विस्तृतमा…