• चिनियाँ राष्ट्रपति सीको करिब २० घन्टे नेपाल बसाइ, यस्तो छ कार्यतालिका

    |

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा आउन लागेका राष्ट्रपति सी शनिबार नेपाल आई आईतबार दिउसो स्वेदश फर्किने छन् । उनको भ्रमण कार्यतालिकाअनुसार शनिबार अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने छन् भने आइतबार साढे १२ बजे स्वदेश फर्कने छन् ।

    उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछन्।

    परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार सी सवार विमान शनिबार ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

    यस्तो छ सीको भ्रमण तालिका

    चिनियाँ राष्ट्रपति सी शनिबार बेलुकी ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा करिब ६ः३० बजे भेटवार्ता गर्ने छन् । सो अवसरमा दुई देशबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुनेछ ।

    करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ ।

    आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

    यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्र सी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।