• किन डुबिरहन्छ हाम्रो तराई ? तराई डुबानको कारण र समाधान के ?

    |

    काठमाडौं । नेपालको तराई वर्षेनी डुबानको समस्यामा परिरहेको हुन्छ । प्रत्येक वर्ष डुबानको कारण ठुलो संख्यामा जनधनको क्षति पनि भईरहेको छ । डुबानको सन्दर्भ चर्चा चल्दा भारतीय पक्षले बनाएका बाँध, तटबन्ध र अन्य संरचनालाई पनि कारण मानिएको छ । भारतीय पक्षले मापदण्ड विपरितका कतिपय संरचनाहरु बनाउँदा नेपालतर्फ ठुलो क्षति भएको भन्ने विद्हरुको ठम्माई पनि छ ।

    केहि सातादेखि परेको अरिबल वर्षाको कारण आएको बाढीले तराईको ठुलो भू–भाग डुबानको चेपटामा परिरहेको छ । बाढीले ठुलो जनधनको क्षति पनि हुन पुगेको छ । अझैपनि तराईका कतिपय भू–भागहरु डुबानमै छन् ।

    ठुलो जनधनको क्षति गराउने तराईको डुबानको कारण के हो त ? के तराई डुबानको कारण प्राकृतिक मात्रै हो ? के डुबान हुनुको कारण हामी नै हौं ? किन वर्षेविच्छे डुबानको चपेटामा पर्छ ? भारतीय संरचनाहरु डुबानका कारक हुन कि होइनन् ? समाधान कसरी गर्ने ? यसै सन्दर्भमा खबर डबलीले सीमाविद् बुद्धिनारायण श्रेष्ठ, मधेश विद् डा. राजेश अहिराज र राजनीतिक विश्लेषक मुमाराम खनालसँग कुराकानी गरेको छ । श्रेष्ठ, अहिराज र खनालसँग गरिएको कुराकानीको सम्पादित अंश ।