राजधानीमा १५९९ सहित थप २२५३ मा कोरोना : ५३५ को मृत्यु, ८६,८२३ संक्रमित, ६४,०६९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८६,८२३ पुगेको छ । यीमध्ये ५३५ जनाको मृत्यु भैसकेको छ भने ६४,०६९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २२,२१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १,३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ गरी राजधानी उपत्यकामा १,५९९ सहित देशभर थप २,२५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२,७८४ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये १०,३२६ जना संस्थागत आइसोलेसनमा र ११,८९३ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १,३२९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

भिडियाेमा हेर्नाेस् ब्रिफिङकाे पूर्णपाठ–

चार्टमा हेर्नाेस् पछिल्लाे अपडेट–

राजधानीमा ७६७ सहित थप १३२५ मा कोरोना : ४११ को मृत्यु, ६४१२२ संक्रमित, ४६२३३ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६४१२२ पुगेको छ । यीमध्ये ४११ जनाको मृत्यु भैसकेको छ भने ४६,२३३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १७,४७८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी राजधानी उपत्यकामा ७६७ सहित देशभर थप १,३२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९,५८४ जनाको पीसीआर परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुष गरी १,३२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ९६६ जना डिस्चार्ज भएका छन् । यो २४ घन्टामा काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुष; ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिला गरी राजधानी उपत्यकामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यतिबेलाका सक्रिय संक्रमितमध्ये ९,०७१ जना संस्थागत आइसोलेसनमा र ८,४०७ जना होम आइसोलेसनमा रहेको प्रवक्ता प्राडा गौतमले जनाएका छन् ।

भिडियोमा हेर्नोस् ब्रिफिङको विवरण–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.04

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.04#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 20 septembre 2020

प्रधानमन्त्री ओलीले गरे सडक अनुगमन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिनुभएको छ । विस्तृतमा…

सरकारसँगको असहमति आन्तरिक मामिला हो, सीप्रति कुनै अनादर नगरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति उच्च सम्मान गर्न सबैमा हार्दिक आग्रह गरेका छन् । विस्तृतमा…

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने विस्तृतमा…

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् । विस्तृतमा…

चिनियाँ राष्ट्रपति सीको करिब २० घन्टे नेपाल बसाइ, यस्तो छ कार्यतालिका

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा आउन लागेका राष्ट्रपति विस्तृतमा…

Janajibro

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

२४ असोज, काठमाडौं ।  सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो । विस्तृतमा…