नेपाली जनयुद्धको २८औं वार्षिकोत्सव

तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । १ फागुन, २०७९ महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भकाे दिन हो ।

जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।

नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।

सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उद्घाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।

माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्‍यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्‍यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।

राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो ।

नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।

जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।

Janajibro

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

२४ असोज, काठमाडौं ।  सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो । विस्तृतमा…

Why do we use it?

It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, विस्तृतमा…

What is Lorem Ipsum?

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the. विस्तृतमा…