
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ८६,८२३ पुगेको छ । यीमध्ये ५३५ जनाको मृत्यु भैसकेको छ भने ६४,०६९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २२,२१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १,३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ गरी राजधानी उपत्यकामा १,५९९ सहित देशभर थप २,२५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२,७८४ जनाको पीसीआर परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये १०,३२६ जना संस्थागत आइसोलेसनमा र ११,८९३ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १,३२९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।