• दाङका सयभन्दा बढी नेता–कार्यकर्ताले छाडे एमाले

    जनजिब्रो संवाददाता |

    गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले) कमजोर बन्दै गएको छ। आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन्।

    बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए।

    एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन्। गठबन्धनले नै मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने भएकाले आफूहरू पनि गठबन्धन दलमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका छन्। अब गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आफूहरू लागिपर्ने उनीहरूको भनाइ छ।

    बुधबार बंगलाचुली गाउँपालिकाको कमिरेचौर र झेल्नेटामा भएका चुनावी सभामा उनीहरू एमाले परित्याग गरी गठबन्धनमा प्रवेश गरेका हुन् । नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर, जीवलाल गाहा मगर, तुलबहादुर विक, खिमान घर्ती मगर, रिखीबहादुर विक, रुपलाल पुन, सुनिल बिक, हिमाल आग्री, ज्ञानबहादुर बिक, सुनिता बिक, बेदबहादुर नेपाली, गोमी नेपाली, जागेश्वर तिवारी, मनि तिवारी, हिमा खत्री, कमला नेपाली, भीमसेन परियार, धनबहादुर नेपाली, लोकबहादुर नेपाली, बसन्ती खड्का, दुर्गा नेपाली, ईश्वरी नेपाली, ओबी नेपाली, उमा नेपाली, अश्वरी बिक, गमी नेपाली, बिमल वली, वसन्त वली, मदम डाँगी, प्रकाश वली, गिरबहादुर विक मिजार, बालचन्द्र घर्तीमगर, लुमबहादुर घर्ती, हिमाल घर्ती, रामबहादुर घर्ती, रामबहादुर परियार, बिमल घर्ती, कुमारी बिक, फुर्सी बिक, गणेश आग्री, दिनेश आग्री, वीरेन्द्र रसाइली, दीपक कामी, टेकराज सुनार, तीर्थ घर्तीमगर, सिरिबहादुर विक, गीता बिक, बिश्नी विक, लक्ष्मी घर्ती, नमी घर्ती लगायत नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका हुन्।

    एमालेले जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थलाई महत्त्व दिँदै जनतालाई धोका दिएकाले आफूहरूले पार्टी छाडेको उनीहरूको भनाइ थियो।