• रुसी अक्टोबर क्रान्ति : युगान्तकारी परिघटना

    हस्तबहादुर केसी |

    ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो ।’ (जोसेफ स्टालिन, स्टालिनका छानिएका रचनाहरू, पृष्ठ ९१, पैरवी प्रकाशन काठमाडौं, २०६४)

    पृष्ठभूमि

    भ्लादीमिर इल्यिच लेनिन (सन् १८७०– २९२४) अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता, एक दार्शनिक, सिद्धान्तकार र लेनिनवादका प्रवर्तक समेत हुनुहुन्छ । साथै महान् लेनिन महान् अक्टोबर रुसी समाजवादी क्रान्तिका नेता तथा विश्वमै पहिलो सर्वहारा वर्गको अधिनायकत्व स्थापितकर्ता हुनुहुन्छ । महान् लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ९ रुसी नयाँ क्यालेन्डर अनुसार सन् १९१७ नोभेम्बर ७ का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।

    महान् अक्टोबर क्रान्ति एक महान् सर्वहारा समाजवादी क्रान्ति थियो । अक्टोबर एक युगान्तकारी परिघटना थियो । त्यस क्रान्तिले नयाँ विश्वक्रान्तिको थालनी गरेको थियो र त्यो मानव जातिको इतिहासमा नयाँ युगको द्योतक थियो । त्यस क्रान्तिले विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढाउनका लागि नयाँ अध्यायको ढोका खोलिएको थियो । अक्टोबर क्रान्तिपश्चात विश्वका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरू स्थापना हुन गएका थिए ।

    त्यस क्रान्तिपश्चात् पूर्वी युरोपका २०औं देशहरूमा सोभियत मोडेलको समाजवाद लागू गरिएको थियो भने चीन, भियतनाम, कोरिया, कम्बोडिया, क्युवा आदि देशहरूमा क्रान्ति सम्पन्न गरिएको थियो । यसरी त्यसबखत विश्वको जनसंख्याको एक तिहाई जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगेका थिए । र, विश्वभर नै कम्युनिस्ट क्रान्तिकारीहरू लहर आएको थियो ।

    यस लेखमा विश्वसर्वहारा वर्गका महान् नेता लेनिनसित अन्तरसम्बन्धित भएर लेनिनद्वारा लेनिनवादको प्रादूर्भाव, लेनिनद्वारा संश्लेषण गरिएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको विश्लेषण, उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पु¥याउनु भएको योगदानका बारेमा केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

    मार्क्सवादमा योगदान

    महान् अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सैद्धान्तिक पथप्रदर्शनमा भ्लादीमिर इल्यिच लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक)द्वारा सम्पन्न पहिलो सर्वहारा क्रान्ति हो । त्यो क्रान्तिमा माक्र्सवादको पहिलो पटक रुसी भूमिका प्रयोग भएकोले यो क्रान्ति महान् लेनिनको योगदानसित सम्बन्धित रहेको छ । माक्र्सवाद अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादको निर्माणमा कार्लमाक्र्स (सन् १८१८–१८८८) र फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) महत्त्वपूर्ण भूमिका र योगदान रहेको थियो ।

    लेनिन महान् माक्र्सवादी हुनुहुन्थ्यो । उहाँले माक्र्सवादलाई राम्रोसित आत्मसात गर्नुभएको थियो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा भएको हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौत्तिकवादी दर्शन हो । यसको सिद्धान्त भौत्तिकवाद हो भने यसको पद्धति द्वन्द्ववाद हो । यो दर्शन सबैखाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।

    मार्क्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । यसले वस्तुहरूका बीचको सम्बन्धलाई होइन, मानिसहरूका बीचको सम्बन्धलाई आधार मानेर चल्दछ ।

    मार्क्सवादद्वारा विकसित वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा वर्गसंघर्षको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको स्थापनाको सिद्धान्तको समष्टि हो । यसले राज्यसत्ताको क्षेत्रमा सबैखाले प्रतिक्रियावाद तथा काल्पनिक समाजवादको विरोध गर्दछ ।

    मार्क्सवादका सैद्धान्तिक प्रस्थापनाहरूमा लेनिनले आफ्ना विभिन्न रचनाहरूमा गहन अध्ययन विश्लेषण र संश्लेषण गर्नुभएको छ । लेनिनले माक्र्सवादका ‘तीन श्रोत तथा तीन संघटक अंग, कार्लमाक्र्स र उनको शिक्षा’ जस्ता सार्गर्वित लेखहरू अत्यन्तै सरल र संक्षिप्त रुपमा घनिभूत ढंगले सूत्रबद्ध गरेर विशेष पठनीय बनाउनु भएको छ ।

    मार्क्सवादको महत्वमाथि प्रकाश पार्दै लेनिन अगाडि भन्नुहुन्छ, ‘मार्क्सवादको शिक्षा सर्वशक्तिमान छ किनकि सत्य छ । त्यो सम्पूर्ण तथा सामन्जस्यपूर्ण छ र त्यसले मानिसलाई एक यस्तो अखण्ड विश्वसंकल्पना प्रदान गर्दछ जुन कुनै पनि प्रकारका अन्धविश्वास, प्रतिक्रियावादी प्रक्रिया पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ । १९औं शताब्दीमा जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादका रुपमा मानव जातिका जुन सर्वश्रेष्ठ उपलब्धिहरू रहेका छन्, माक्र्सवाद तिनको विधिसम्मत उत्तराधिकारी हो ।’ लेनिन (लेनिन संकलित, चनाएँ– दश खण्डों में खण्ड–४, पृष्ठ १९४, प्रगती प्रकाशन मास्को, १९८२ ।)

    मार्क्सवादका तीन श्रोत जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादकाबारेमा जुन यहाँ उल्लेख गरिएको छ, यसै श्रोतका आधारमा माक्र्सवादका तीन संघटक अंग विकसित भएका छन्, ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।

    लेनिन एकातिर माक्र्सवादका यसप्रकारका तीन श्रोत तथा तीन संघटक अंगहरूलाई आत्मसात गर्नुभएको थियो भने अर्काेतिर माक्र्सवादलाई समग्रमा विकसित पनि तुल्याउनु भएको छ । माक्र्सवादको यो विकास भीषण वर्गसंघर्ष र क्रान्तिका बीचबाट भएको छ । यस प्रकारका संघर्ष र क्रान्तिमा महान् अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक उत्कर्ष थियो ।

    महान् अक्टोबर क्रान्तिमा योगदान

    महान् अक्टोबर क्रान्तिमा लेनिनको महत्वपूर्ण योगदान रहेको छ । सन् १९१७ मा रुसमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्ति विश्वइतिहासमा एक युगान्तकारी परिघटना थियो । त्यो क्रान्ति पुँजीवादी युगको अन्त्य र वैज्ञानिक समाजवादी युगको प्रारम्भको एक ऐतिहासिक उद्घोषण थियो । त्यसले पुरानो बुर्जुवा संसदीय युगको अन्त्य र नयाँ सर्वहारा अधिनायकत्वको युगको थालनी गरेको थियो । त्यसले रुसमा मात्र होइन संसारलाई नै एक नयाँ उत्प्रेरणा र सन्देश दिएको थियोे । त्यो क्रान्ति मानव जातिको इतिहासमा एक महान् अग्रगामी गुणात्मक छलाङ थियो ।

    महान् अक्टोबर क्रान्ति सन् १८७१ मार्च १८ देखि १८७१ मे २८ सम्म कायम रहेको ऐतिहासिक पेरिस कम्युनको निरन्तरता र उत्तराधिकारीणी हो । पेरिस कम्युनको सन्दर्भमा मार्क्सले भन्नुभएको थियो, ‘यदि कम्युन विनष्ट गरियो भने पनि कम्युनका सिद्धान्त साश्वत र अविनासी छन्, ती श्रमिक वर्गको मुक्ति नहुँदासम्म बारम्बार प्रकट भइरहने नै छन् ।’ माथि मार्क्सले भन्नुभए झै पेरिस कम्युनका सिद्धान्तहरू साँच्चै साश्वत तथा अविनासी छन् ।

    पेरिस कम्युनको ध्येयमाथि प्रकाश पार्दै लेनिनले भन्नुभएको थियो, ‘कम्युनको ध्येय– यो सामाजिक क्रान्तिको ध्येय, श्रमिकहरूको पूर्ण स्वतन्त्रता तथा आर्थिक मुक्तिको ध्येय हो । यस सम्पूर्ण दुनियाँका सर्वहारा वर्गको ध्येय हो । र, यस अर्थमा त्यो अमर छ ।’ भिआइ लेनिन, संकलित रचनाएँ दश खण्डो में खण्ड–४, पृष्ठ १३७, प्रगति प्रकाशन मास्को, १९८२ । जसरी लेनिनले पेरिस कम्युनका ध्येय अर्थात् सैद्धान्तिक उद्देश्यलाई अमर बताउनुभयो छ । पेरिस कम्युनका ती अजर अमर सिद्धान्त तथा ध्येय रुसी अक्टोबर क्रान्तिमा पुनः अविर्भाव हुन पुगेका थिए । लेनिनले क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तमा जोड दिनुभएको थियो । त्यतिमात्र होइन, लेनिनले त्यस सिद्धान्तलाई नीति र कार्यक्रममा ढाल्नु भएको थियो ।

    समग्र रुसी क्रान्ति दुई ऐतिहासिक चरणका बीचबाट सम्पन्न भएको थियो । रुसी क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिको चरण थियो । त्यो चरण सन् १९०५ हुँदै १९१७ को फरबरी क्रान्तिमा पूरा भएको थियो । र, रुसी क्रान्तिको दोस्रो चरण १९१७ अक्टोबरसम्म सम्पन्न वैज्ञानिक समाजवादी क्रान्तिको चरण थियो । यी दुई बेग्लाबेग्लै चरणका निम्ति बेग्लाबेग्लै रणनीति अप्नाइएका थिए । रुसमा सञ्चालन गरिएका यी दुबै क्रान्तिमा लेनिनको अग्रनी नेतृत्वदायी योगदान रहेको थियो ।

    लेनिनवादमा योगदान

    लेनिनवाद माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा विकास भएको माक्र्सवादी सिद्धान्त हो । अर्थात् माक्र्सवादमा आधारित रही लेनिनद्वारा विकसित विचारहरूको शृङखला नै लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान– विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो । (लेनिन सन् १८७०–१९२४) लेनिनवादका प्रतिपादक हुनुहुन्छ । लेनिनवाद के हो भन्ने विषयमा स्टालिनले भन्नुभएको छ, ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धमन्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो ।’– स्टालिन, स्टालिनका छानिएका रचनाहरू , पृष्ठ ९१, पैरवी प्रकाशन, काठमाडौं, २०६४) माथि पनि उल्लेख गरिएको छ, यहाँ स्टालिनद्वारा लेनिनवादको सटिक परिभाषा दिइएको छ ।

    यहाँनिर स्पष्ट कुरा के हो भने लेनिनले माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने प्रक्रियामा क्रान्तिका बीचबाट लेनिनवादको निर्माण गर्नुभएको हो । लेनिन कै जमानामा संशोधनवादले मौलाउने र हुर्कने मौका पायो । त्यसले माक्र्सवादको तोडमोड तथा विकृतिकरण गर्न पुग्यो । लेनिनले संशोधनवादका विरुद्ध कडा सैद्धान्तिक संघर्ष चलाएर माक्र्सवादको रक्षा र विकास गर्नुभएको थियो । लेनिन माक्र्सवादको रक्षाका मात्र सिमित रहनु भएन, उहाँ रुसी धर्तीमा महान् अक्टोबर क्रान्ति मार्फत् त्यसको प्रयोग समेत गर्नु भयो ।

    साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवादको रक्षा र प्रयोग गर्ने क्रममा विकसित तथा परिवर्तित परिस्थितिमाथि आवश्यक ध्यान दिँदै लेनिनले माक्र्सवादको विकास गर्नु भएको हो । यस सन्दर्भमा लेनिन जडसूत्रवाद र अनुभववादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलनउनु भएको थियो ।