वर्ष– २८, अङ्क– २७, माघ २७ गते शुक्रबार, २०७९
पुष्पलालबारे मेरा अनुभूति
नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलालका आरोह–अवरोह
१६ माघ, १९९७ (वि.सं.) मा राणाहरूले दाजु गङ्गालालको हत्या गरेसँगै पुष्पलालले ‘राणातन्त्र र शाहतन्त्रको समुल नष्ट गरी प्रगतिशील लोकतान्त्रिक नेपाल स्थापना गर्ने’ प्रतिबद्धता जाहेर गर्नुभयो । र, सोही प्रतिबद्धता पूरा गर्ने दिशातर्फ नै निरन्तर अघि बढिरह्यो उहाँको राजनीतिक जीवन । जेठा दाजु गङ्गालालको सहादत हुनुभन्दा अघिल्लो दिन उहाँलाई भेट्न भद्रगोल जेल जानुभएको रहेछ माइला दाजु पुष्पलाल । त्यस भेटमा गङ्गालालले भन्नुभएछ– “माइला ! मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तिमीले निरन्तर प्रज्वलित गरिरहने छौ, त्यसलाई कदापि निभ्न दिने छैनौ ।”
जेठा दाइको त्यस भनाइले माइला दाजुलाई राम्रैसँग प्रभावित पारेछ । पुष्पलालको राजनीतिक यात्रा गङ्गालालको त्यसै भनाइअनुसार नै अघि बढेको देखिन्छ ।
राजनीतिक यात्रा अघि बढाउने सुरुआती कदमका रूपमा वि.सं. १९९८ मा पुष्पलाल ‘प्रजातान्त्रिक महासभा’ को संस्थापक बन्नुभयो । शान्ति निकुञ्ज विद्यालयमा गठन गरिएको सो महासभामा सूर्यबहादुर भारद्वाज, नरबहादुर कर्माचार्य, प्रेमबहादुर कङ्शाकार, बटुककृष्ण शर्मा, भगवती वादी, धर्मरत्न यमीलगायतका व्यक्तित्वहरू आबद्ध थिए । त्यसपछि वि.सं. २००३ मा उहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसको संस्थापक सदस्य र केन्द्रीय कार्यालय सचिव बन्नुभयो । केही समयपछि विश्वेश्वरप्रसाद कोइराला जेल परे र एक वर्षपछि छुटे ।
बीपी जेलबाट छुटेपछि उनी र डा. डिल्लीरमण रेग्मीबीच झगडा चर्कियो । उनीहरूलाई मिलाउन पुष्पलाल तेह्र दिनसम्म अनसन बस्नुभयो । तैपनि बीपी–डिल्लीरमणबीच मेलमिलाप सम्भव नदेखिएपछि पुष्पलाल अनसन तोडेर भौंतारिँदै कलकत्ता पुग्नुभयो ।
कलकत्तामा पुष्पलालले भारतीय कम्युनिस्ट पार्टीका नेता एवम् सांसदद्वय रत्नलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीलाई भेट्नुभयो । उनीहरूले पुष्पलाललाई माक्र्सवादको बाटो अवलम्बन गर्दै कम्युनिस्ट पार्टी स्थापना गरेर मात्र राष्ट्र र जनताको मुक्ति सम्भव हुने सुझाव दिए । त्यसपछि उहाँले माक्र्सवादको गहिरो अध्ययन गर्नुभयो र मार्क्स–एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई नेपालीमा अनुवाद गर्नुभयो । यो अनुवाद नेपाली इतिहासकै पहिलो मार्क्सवादी साहित्य बन्यो; यसैमार्फत पुष्पलाल नै नेपालको पहिलो माक्र्सवादी लेखक बन्न पुग्नुभयो ।
उहाँकै अगुवाईमा १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । पुष्पलालले नै नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा लेख्नुभयो । पहिलो पटक गठन भएको नेकपाको पाँच सदस्यीय केन्द्रीय तदर्थ समितिमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठ थिए । पुष्पलालले नै लेखेको ‘नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र’ ३० भदौ, २००६ (१५ सेप्टेम्बर १९४९) मा जारी भयो ।
वि.सं. २००८ मा कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनमा पुष्पलालद्वारा प्रस्तुत ‘नयाँ जनवादी गणतन्त्र’ को कार्यक्रम प्रस्तुत भई पारित भयो । यही सम्मेलनले पुष्पलाललाई ‘नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महामन्त्री’ घोषणा गर्यो ।
वि.सं. २०१० मा नेपाल कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनमा पुष्पलालको ‘नयाँ जनवादी गणतन्त्र’ को कार्यक्रम अस्वीकृत भई मनमोहन अधिकारीको राजनीतिक लाइन पारित भयो । मनमोहन अधिकारी महामन्त्री बने ।
दोस्रो राष्ट्रिय सम्मेलनअघि मनमोहनलाई कुष्ठरोग लागेकाले उपचारका निम्ति उनी चीन गए । त्यसबेला मनमोहनले पुष्पलाललाई ‘कार्यवाहक महामन्त्री’ बनाउन खोजे तर पुष्पलालले अस्वीकार गर्नुभयो । त्यस अवधिमा आफ्नो राजनीतिक लाइन पारित भएको नभएकाले लाइनविनाको नेतृत्व समाल्न पुष्पलालले अस्वीकार गर्नुभएको थियो । पुष्पलाल नमानिसकेपछि डा. केशरजङ्ग रायमाझीलाई कार्यवाहक महामन्त्री बनाएर महामन्त्री मनमोहन उपचारका निम्ति चीन गए ।
वि.सं. २०१२ मा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले फेरि पुष्पलालकै राजनीतिक लाइन पास गर्यो ।
वि.सं. २०१४ मा नेकपाको दोस्रो राष्ट्रिय महाधिवेशन भयो । महाधिवेशनले पुष्पलालद्वारा प्रस्तुत ‘नयाँ जनवादी गणतन्त्र’ कै लाइन पास गर्यो तर पुष्पलालको भन्दा फरक मत र विचार राख्नेहरूको बहुमत हुने गरी केन्द्रीय समिति गठन भयो । लाइन पुष्पलालको पारित भए तापनि केन्द्रीय समितिको बहुमत अर्कैतिर भएकाले दोस्रो महाधिवेशनबाट केशरजङ्ग रायमाझी नै महामन्त्री बने ।
वि.सं. २०१४ मा पुष्पलालद्वारा आह्वान गरिएको ‘भद्र अवज्ञा’ आन्दोलन सुरु भयो । नेपाली काङ्ग्रेस पनि संविधानसभा चुनावको माग गर्दै सो आन्दोलनमा सहभागी भयो । राजा महेन्द्रले संविधानसभाको निर्वाचन गराउन त मानेनन् तर उनी संसद्को चुनाव गराउन भने सहमत भए । सङ्कटकालीनलगायतका कतिपय महङ्खवपूर्ण अधिकार आफैंमा राखेर राजा महेन्द्रले संविधान जारी गरे । पुष्पलालले भने सङ्कटकालीन अधिकार राजामा नभई संसद्मा हुनुपर्ने माग गरे । संविधानसभाको माग त्यागेर काङ्ग्रेसले त्यही संविधान र चुनाव स्वीकार्यो । अन्ततः वि.सं. २०१५ मा नेपालमा पहिलो संसदीय चुनाव भयो ।
राजाकै ‘निगाह’ मा जारी भएको संविधानमा राखिएको सोही ‘सङ्कटकालीन अधिकार’ प्रयोग गरेर १ पुस, २०१७ मा राजाले जननिर्वाचित संसद् विघटन गरिदिए । सबै नेताहरूलाई गिरफ्तार गरे र राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । राजा महेन्द्रका ती हर्कतहरूका विरुद्ध काङ्ग्रेस–कम्युनिस्टसहित सबै दल मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव पुष्पलालले अघि सार्नुभयो । तर, डा. रायमाझीले भने राजाकै ‘कदम’ को ‘स्वागत’ र ‘समर्थन’ गरे । रायमाझीहरूको ‘पतन’ को प्रतिवाद गर्दै पुष्पलाल, तुलसीलाल अमात्यलगायतले नेपाल कम्युनिस्ट पार्टीको ‘अन्तरजोनल सामन्जस्य समिति’ गठन गरे । यो पक्षले ‘शाही कदम’ को समर्थन गर्ने केशरजङ्गलगायतलाई पार्टीबाट निष्काशन गरी वि.सं. २०१८ मा वनारसमा तेस्रो महाधिवेशन गर्यो । नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनबाट तुलसीलाल अमात्य महामन्त्रीमा चुनिए ।
तेस्रो महाधिवेशनपछि पनि नेपाल कम्युनिस्ट पार्टीले खासै गति लिन सकेन । राजाको ‘कदम’ का विरुद्ध सङ्गठन विस्तार र सङ्घर्ष सङ्गठित गर्नुपर्नेमा महामन्त्री तुलसीलाल र उनी नेतृत्वको केन्द्रीय समिति पनि निष्कृयजस्तै देखिए ।
त्यसपछि पुष्पलाल, हिक्मतसिंह भण्डारी, बलराम उपाध्याय, एकदेव आले, प्रेमप्रकाश नेपाल र देवेन्द्र अमात्य गरी छ जनाको पहलमा २०२५ मा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गरियो । त्यो सम्मेलन यस अर्थमा ऐतिहासिक रह्यो कि यसले नेपालमै पहिलो पटक ‘माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा’ लाई पार्टीको मार्गनिर्देशक सिद्धान्तका रूपमा अङ्गीकार गर्यो । सोही सम्मेलनले नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने लाइन पारित गरेर फेरि पनि पुष्पलाललाई नै महामन्त्री चयन गर्यो ।
पुष्पलालकै नेतृत्वमा २०२९ मा नेकपाको चौथो राष्ट्रिय सम्मेलन भयो । यो सम्मेलनले नेपाली कम्युनिस्ट आन्दोलनलाई ‘प्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्ग’ का रूपमा अघि बढाउने निर्णय लियो । यही सम्मेलनले सङ्घर्षका वैधानिक–अवैधानिक दुवै स्वरूपलाई सँगसँगै अघि बढाउने र विशाल सहरिया एवम् ग्रामीण संयुक्त जनआन्दोलनद्वारा राजाको निरङ्कुशतालाई पराजित गरी लोकतान्त्रिक प्रगतिशील नेपाल निर्माण गर्ने कार्यनीति पास गर्यो । नेकपाको यही कार्यनीतिअनुरूप २०२८/२९ का विशाल किसान र विद्यार्थी आन्दोलन तथा लुम्बिनी, गण्डकी, सगरमाथा, भेरी, राप्ती, कोसी र मेचीमा विशाल किसान आन्दोलन भए । चौथो राष्ट्रिय सम्मेलनको यही कार्यनीतिअनुसार नै २०३१/३२ को संयुक्त विद्यार्थी आन्दोलन भयो र पञ्चायती निरङ्कुशतालाई धराशायी पार्न महङ्खवपूर्ण भूमिका निर्वाह गर्यो ।
अल्पायुमै दुःखद् निधन
पार्टी प्रशिक्षणका लागि २०३५ असार पहिलो साता दरभङ्गा पुगेका बेला पुष्पलाललाई हृदयाघात भयो । त्यहाँका मे.डा. विश्वनाथ सिंहले उनलाई दरभङ्गा मेडिकल कलेजमा भर्ना गरे । भाउजू सहाना प्रधान पनि त्यहीं हुनुहुन्थ्यो ।
पुष्पलाल गम्भीर बिरामी परेको थाहा पाएपछि नेपालको जेलबाट भर्खरै छुटेका गणेशमान सिंह पनि दरभङ्गा पुगे । फारवेसगञ्जमा रहेका गिरिजाप्रसाद कोइराला पनि त्यहीं आइपुगे । बलराम उपाध्याय पनि वनारसबाट दरभङ्गा पुगे । पुष्पलालको उपचार त्यहाँ सम्भव नहुने देखिएपछि ती सबै नेताहरू मिली रेलको डिब्बा रिजर्भ गरेर उहाँलाई दिल्ली लगी गोविन्दबल्लभ पन्त अस्पतालमा भर्ना गरियो ।
तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देशाई, सत्तारुढ जनता पार्टीका अध्यक्ष चन्द्रशेखर र भारतीय रक्षामन्त्री जर्ज फर्नाण्डिज समेतले पुष्पलालको उपचारमा ध्यान दिए । उहाँलाई सुविधासम्पन्न क्याबिनमा राखेर उपचार गराउन प्रयास गरियो । तर, पुष्पलाल स्वयम्ले भने क्याबिनमा बसेर उपचार गराउन मान्नुभएन; साधारण बेडमै बस्नुभयो । उक्त अस्पतालको मेडिकल बोर्डले स्रोत–साधनसम्पन्न युरोपको कुनै अस्पताल लगिए मात्र पुष्पलालको उपचार सम्भव हुने, अन्यथा उहाँको उपचार सम्भव नदेखिएको राय दियो ।
भारतका तत्कालीन सत्तारुढ जनता पार्टीका अध्यक्ष चन्द्रशेखर र रक्षामन्त्री फर्नाण्डिजले भारत सरकारकै आर्थिक सहयोगमा युरोप लगेर उपचार गराइदिने प्रस्ताव राखे । तर, त्यता गएर आफ्नो उपचार गराउन उहाँले मान्नुभएन । पुष्पलालले भन्नुभयो– “नेपाली जनताले सके मलाई बचाउलान्, सकेनछन् भने पनि तपाईंहरूको खर्चमा युरोप जान्नँ र उपचार पनि गराउँदिनँ ।”
अन्ततः ७ साउन, २०३५ मा सोही अस्पतालमा पुष्पलालको निधन भयो । भारतीय प्रधानमन्त्री देशाईले पुष्पलालको शव नेपाल पठाउन अनुरोध गरे तापनि राजा वीरेन्द्रले स्वीकृति दिएनन् । त्यसपछि यमुना नदीको निगमबोध घाटमा (भारतमै) पुष्पलालको अन्त्येष्टि गरियो । उहाँको दाहसंस्कारका बेला भारतीय नेताहरू चन्द्रशेखर, मधु लियम, जर्ज फर्नाण्डिज, सी. राजेश्वर राव, हरिकिसन सिंह सूरजित, गोविन्द मुखोटी, एम.जे. अकबर, सी. सुब्रमण्यम् स्वामी तथा नेपाली नेताहरू गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, बलराम उपाध्याय, हिक्मतसिंह भण्डारी, निर्मल लामा, सहाना प्रधानलगायत उपस्थित थिए । यसरी नेपालका एक देशभक्त, प्रजातान्त्रिक एवम् प्रगतिशील योद्धालाई अल्पायुमै गुमाइयो ।
क्रमशः पूरा हुँदै पुष्पलालका सपना
पुष्पलालद्वारा नै प्रस्तावित संयुक्त राष्ट्रिय जनआन्दोलनको कार्यनीतिअनुसार नेपालका सबै कम्युनिस्ट घटकहरू र नेपाली काङ्ग्रेस समेत सहभागी भएर २०४६ मा पञ्चायती व्यवस्था र राजाको निरङ्कुशता ढालियो; राजा ‘संवैधानिक’ बन्न बाध्य भए । पुष्पलालद्वारा स्थापित सोही कार्यनीतिको विकसित एवम् परिमार्जित स्वरूपको संयुक्त जनआन्दोलनद्वारा नै २०६२/६३ मा सामन्तवादको प्रतीक राजतन्त्र पनि ढल्यो ।
त्यसपछि, पुष्पलालले उहिल्यै प्रयास गरेको संविधानसभाको चुनाव समेत सम्पन्न भयो । र, अन्ततः सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापना भयो । यद्यपि पुष्पलालको सपनाअनुरूप आमूल राजनीतिक क्रान्ति, सामाजिक रूपान्तरण, समतामूलक समाजको निर्माण र रोजगारमूलक अवस्थाको सिर्जना हुन भने अझै पनि बाँकी नै छ । नयाँ जनवादी गणतन्त्रले पूर्णता प्राप्त गरी समाजवादमा अघि बढ्ने काम अझै बाँकी छ ।
(पुष्पलालका कान्छा भाइ विजयलालसँग कुराकानीका आधारमा)
महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ
तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । सोमबार, १ फागुन, २०७९ मा महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ भएकाे छ ।
जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।
नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।
सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उदघाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।
माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।
राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो । नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।
जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।
पोखरा विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको प्रारम्भिक रिपोर्ट आएको छ । रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको छ ।
दुर्घटना जाँच आयोगले फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ । अतः उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गए भन्नेबारे प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगले जनाएको छ ।
दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाइविज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो । उक्त फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरका डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीईए फ्रान्स, टीएसबी क्यानडा, पी एण्ड डब्ल्यू क्यानडा/ईएएसएका प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो । उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो ।
नेपाली जनयुद्धको २८औं वार्षिकोत्सव
तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । १ फागुन, २०७९ महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भकाे दिन हो ।
जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।
नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।
सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उद्घाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।
माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।
राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो ।
नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।
जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।