‘अनन्त प्रेरणाका स्रोत : शक्ति लम्साल’ (जीवनी)

नेपालका एक वरिष्ठ माओवादी नेता तथा राष्ट्रका सुपरिचित वरिष्ठ पत्रकार शक्ति लम्साल सवैका निम्ति उत्साह, ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँबारे धेरैलाई चासो र जिज्ञासा देखिएको र उहाँसम्बन्धी कतिपय विवरण गलत प्रकाशित भइरहेको समेत देखिएकाले उहाँ स्वयमले जनजिब्रो ([त्यसबेला मासिक, हाल साप्ताहिक] को वर्ष– १०, अङ्क– २, पुस–माघ, २०६३ मा प्रकाशित) का लागि लेख्नुभएको यो सामग्री यहाँ साभार गरिएको छः

नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाफ, अजय, आजाद, पथिक
जन्ममितिः १९९३ चैत २२ (१९३६ अप्रिल ७)
जन्मस्थानः चारुमार्ग, चाबहिल
बाबुआमाः कृष्णप्रसाद/राधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा– ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा

राजनीतिक–साङ्गठनिक सङ्लग्नताः
– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।
– २००९ सालमा साहित्यकार रमेश विकलले बुढीऔँलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० सालमा संस्थापक महासचिव कमरेड पुष्पलालद्वारा नेकपाको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।
– नेकपाको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व ।
– २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशन (फोहरा दरबार, काठमाडौँ) मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।
– २०१८ सालमा सम्पन्न प्रसिद्ध दरभङ्गा प्लेनम (विस्तारित बैठक) मा सहभागी ।
– २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशन (मोतीमहल, वाराणसी) मा सहभागी ।
– २०४१ सालमा सम्पन्न पाँचौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।
– २०५१ सालमा सम्पन्न नेकपा (माओवादी) को ऐतिहासिक तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।
– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौँ विश्व युवा–विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।
– २०४५ देखि २०४६ सालसम्म नागरिक अधिकार मञ्चको संयोजक ।
– पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री (२०१३) ।
– जनअधिकार सुरक्षा समितिको केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चको केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ (प्रलेस) को केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रको संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घको केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजन समिति (२०५३) को केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा, नेपाल (२०४७) को केन्द्रीय सदस्य ।
– संयुक्त लोकतान्त्रिक मोर्चा, नेपालको संस्थापक केन्द्रीय सदस्य ।
– केही समय अखिल नेपाल किसान सङ्घ तथा युवक फेडरेसनमा आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन (२०६२–६३) मा सङ्लग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य ।
– जनपक्षीय पत्रकार सङ्घको केन्द्रीय संयोजक (२०५४) ।

यातना र जेलजीवनः
– २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलीहवा जेलमा १८ महिना ।
– २०२२ सालमा परासी किसान विद्रोहमा भैरहवा जेल ।
– २०४२ सालको रामराजाप्रसाद सिंहको चर्चित बमकाण्डताका श्रमजीवी पत्रकार सङ्घका तर्फबाट ज्ञापनपत्र बुझाउन जाँदा राजदरबारको बम विष्फोटनमा परी बाँचेको ।
– २०५४ सालमा देशव्यापी रूपमा राजतन्त्रविरोधी पर्चा वितरणका क्रममा पक्राउ भई हनुमानढोका हिरासतमा ।
– २०४६ सालको जनआन्दोलनमा केही समय भद्रगोल जेल ।
– भारतको मेघालयबाट नेपालीहरू लखेटिएको विरोधमा भाग लिँदा पक्राउ भई केही समय सेन्ट्रल जेल ।
– २०५२ सालको चर्चित रत्नपार्क भित्तेकाण्डमा गिरफ्तार भई भद्रगोल जेल ।
– २०५३ सालको स्थानीय निर्वाचन बहिष्कार आन्दोलनमा पक्राउ भई भद्रगोल जेल ।
– २०५६ सालमा भट्टेडाँडा प्रहरी चौकी कब्जापछि जनादेशको कार्यालय नियन्त्रणमा लिई पक्राउपछि भद्रगोल जेल ।
– अनेकोटको श्रद्धाञ्जलीसभा र प्रदर्शनमा सशस्त्र प्रहरीद्वारा गरिएको ढुङ्गामुढा र गोली प्रहारबाट बाँच्न सफल, प्रहरीद्वारा बन्दुकको कुन्दाले घोचेर घाइते ।
– २०५६ सालमै कथित सुरक्षा कानुनअन्तर्गत दुई महिना डिल्लीबजार कारागार ।
– राजनीतिक आन्दोलन, वैदेशिक हस्तक्षेपविरुद्धका आन्दोलन, महँगीविरोधी आन्दोलन, पत्रपत्रिका–पत्रकारहरूको हकहितसम्बन्धी क्रियाकलाप आदिका सन्दर्भमा पञ्चायती तथा बहुदलीय शासकहरूद्वारा बारम्बार गिरफ्तार र चरम शारीरिक–मानसिक यातना ।

सम्मानः
– २०५७ सालमा नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखाद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।
– २०५९ सालमा रिपोर्टर्स क्लबद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।
– २०६२ सालमा साहित्य–सन्ध्याद्वारा सम्मानपत्र र नगद पुरस्कार ।
– २०६३ सालमा प्रगतिशील लेखक सङ्घद्वारा दोसल्ला ओढाई सम्मानपत्र प्रदान ।

भ्रमणः
– नेपालका थुप्रै ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्त्वका स्थलहरू ।
– भारतका प्रमुख सहरहरू ।

कृतिहरू/पत्रकारिताः
– भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि (२०२९) ।
– मार्क्सवाद, समाज र साहित्य (२०६१) ।
– विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा थुप्रै साहित्यिक, समसामयिक, राजनीतिक लेखरचना, फिचर, स्तम्भ, समाचार आदि प्रकाशित ।
– सम्पादक– दैनिक निर्णय, भैरहवा ।
– प्रकाशक/सम्पादक– योजना साप्ताहिक (२०३९) ।
– सम्पादक– जनादेश साप्ताहिक ।
– सम्पादक– कलम साहित्यिक त्रैमासिक ।
– सम्पादक– मधुमास ।

निधनः  
– २५ कात्तिक, २०७२ (पछि अद्यावधिक गरिएको) ।

के हो लिबरेसन थियोलोजी ?

सन् १९६० को दशकमा ल्याटिन अमेरिकामा सुरु भएको इसाई आन्दोलन नै यथार्थतः लिबरेसन थियोलोजी हो । त्यस समय ल्याटिन अमेरिकाभर व्याप्त गरिबी र सामाजिक असमानताका विरुद्ध यो आन्दोलन सुरु भएको थियो । यो आन्दोलनले जिसस क्राइस्टको ‘सुसमाचार’ (गोस्पेल) लाई उत्पीडित मानिसहरूको अनुभवमार्फत् व्याख्या गर्ने कोसिस गर्छ । यो धर्मशास्त्रको मुख्य जोड उत्पीडितहरूको मुक्ति गर्दै न्यायपूर्ण संसार निर्माणका लागि सङ्घर्ष हो । समाजमा विद्यमान गरिबी र उत्पीडनको मुख्य कारण खोज्न लिबरेसन थियोलोजीले आर्थिक–सामाजिक विश्लेषण विधिको प्रयोग गर्दछ । यो मान्यतः वास्तवमा कार्ल माक्र्सजस्ता विचारकहरूबाट प्रेरित छ ।

लिबरेसन थियोलोजी मतानुसार चर्चले गरिब र सीमान्तीकृतहरूको सेवालाई प्राथमिकता दिनुपर्छ । यो मान्यताले गरिब र सीमान्तीकृतहरूसँग ऐक्यबद्धता जनाउनु बाइबलसम्मत रहेको कुरामा जोड दिन्छ । लिबरेसन थियोलोजी कोरा सिद्धान्त मात्र होइन, यसले सिद्धान्त र व्यबहारबीचको अविभाज्यतामा जोड दिन्छ । समाजका अन्यायपूर्ण संरचना बदल्नका लागि सङ्घर्ष गर्नुलाई यसले प्राथमिकता दिएको देखिन्छ । ब्राजिलियन माक्र्सवादी समाजशास्त्री माइकल लोईका अनुसार लिबरेसन थियोलोजीका मूलभूत सिद्धान्तहरू यसप्रकार छन्–
१. धर्मको मुख्य सत्रु मूर्तिपूजा (नास्तिकवाद होइन) विरुद्धको लडाइँ हो । त्यो हो– नयाँ फेरो, नयाँ सिजर र नयाँ हेरोड्स (म्यमोनद्वारा पुजिने मृत्युका नयाँ मूर्तिहरू; जस्तै– सम्पत्ति, बजार, राष्ट्रिय सुरक्षा, राज्य, सैन्यबल, ’पश्चिमी ईसाई सभ्यता’ आदि) ।
२. जिसस क्राइस्ट ‘परमेश्वर’ को राज्यमा अन्तिम मोक्षको अपेक्षामा ऐतिहासिक मानवमुक्ति ।
३. प्लेटोनिक युनानी दर्शनको उत्पादनका रूपमा पारम्परिक द्वैतवादी धर्मशास्त्रको आलोचना, नकि बाइबलको परम्परा; जसमा मानव र दैवीय इतिहास अलग र अविभाज्य छन् ।
४. आम पलयान (जस्तो– अङ्शमाथि विशेष ध्यान दिँदै बाइबलको एउटा नयाँ पठन, जसलाई गुलाम बनाइएका मानिसहरूको मुक्तिका निम्ति सङ्घर्षको प्रतिमानका रूपमा हेरिन्छ) ।
५. संरचनात्मक ‘पाप’ को स्वरूपका रूपमा, एक अन्यायपूर्ण र विधर्मी व्यवस्थाका रूपमा आश्रित पुँजीवादमाथि तीखो नैतिक र सामजिक अभियोग ।
६. गरिबीका कारणहरू, पुँजीवादका अन्तर्विरोधहरू र वर्गसङ्घर्षका रूपहरू बुझ्नका लागि एउटा सामाजिक विश्लेषणात्मक उपकरणका रूपमा माक्र्सवादको उपयोग ।
७. गरिबहरूका लागि प्राथमिकता र उनीहरूको आत्ममुक्तिको सङ्घर्षमा एकजुटता ।
८. पुँजीवादी व्यवस्थाद्वारा थोपरिएको व्यक्तिवादी जीवनशैलीको विकल्पका रूपमा गरिबहरूका माझ आधारभूत इसाई समुदायहरूलाई चर्चको नयाँ रूपमा विकास गर्ने ।

प्रणेता : गुस्ताभो गुटिरेज

पेरुभियन पादरी गुस्ताभो गुटिरेजलाई लिबेरेसन थियोलोजीको प्रतिपादक मानिन्छ गुटिरेजको जन्म १९२८ मा पेरुमा भएको थियो । किशोरावस्थमामै उनलाई अस्टियोमाइलाइटिस रोग लागेको थियो । रोगका कारण उनी हिँडडुल गर्न सक्दैनथे । त्यसैकारण बाह्र वर्षको उमेरसम्म उनले ह्विचेयरको प्रयोग गर्नुप¥यो । यो चुनौतीपूर्ण अवस्थाले पनि उनलाई हतोत्साहित गरेन, बरु यसले उनमा आशाको सञ्चार गराइदियो । अनुभवले उनमा धर्मशास्त्रप्रतिको रुचि जगायो ।

गुटिरेजले पेरुको राजधानी लिमास्थित राष्ट्रिय युनिभर्सिटीबाट चिकित्साशास्त्रमा डिग्री हासिल गरे । उनले बेल्जियमस्थित क्याथोलिक युनिभर्सिटीमा दर्शनशास्त्र र मनोविज्ञानमा समेत अध्ययन गरे । त्यसबाहेक पनि उनले फ्रान्सको क्याथोलिक युनिभर्सिटी र रोमको जर्जियन युनिभर्सिटीमा समेत धर्मशास्त्रको अध्ययन गरे । अन्ततः १९८५ मा गुटिरेजले फ्रान्सस्थित लयोन युनिभर्सिटीबाट धर्मशास्त्रमा पीएचडीको उपाधि हासिल गरे ।

विदेशबाट फर्केपछि गुटिरेजले ल्याटिन अमेरिकी यथार्थबारे आफ्नो बुझाइ र विचारलाई व्यवस्थित रूपमा तयार पार्न थाले । उनले भनेका थिए– “म त्यस्तो महादेशबाट आएको हुँ, जहाँ ६० प्रतिशत मानिसहरू गरिबीको अवस्थामा रहेका छन् र तिनीहरूमध्येका ८२ प्रतिशत त चरम गरिबीमा बाँच्न बाध्य छन् ।” आफूले युरोपमा अध्ययन गरेको युरोपेली धर्मशास्त्रले ल्याटिन अमेरिकाको भौतिक अवस्थालाई प्रतिबिम्बित गर्न सक्दैन भन्ने कुरा उनले बुझे । कोलम्बियाको मेडेलिनमा सन् १९६८ मा ल्याटिन अमेरिकी एइपिस्कोपल कन्फरेन्स (जसलाई बिसप सम्मेलन पनि भनिन्छ) भएको थियो । सोही सम्मेलनमा पहिलो पटक गुटिरेजले लिबरेसन थियोलोजी पदावलीको प्रयोग गरेका थिए । सो सम्मेलनमा उनले मुक्तिको धर्मशास्त्रतर्फ (टुवार्डस् अ थियोलोजी अफ लिबरेसन) शीर्षकको कार्यपत्र प्रस्तुत गरे । यही अवधारणालाई परिमार्जित, संश्लेषित र परिपूर्ण पार्दै गुटिरेजले सन् १९७१ मा आफ्नो सर्वाधिक महङ्खवपूर्ण कृति ‘मुक्तिको धर्मशास्त्र’ (अ थियोलोजी अफ लिबरेसन) प्रकाशित गरे । त्यसपछि यो थियोलोजीले ल्याटिन अमेरिकामा निकै ठूलो प्रभाव पारेको देखिन्छ ।

लिबरेसन थियोलोजी र मार्क्सवाद

इसाई धार्मिक मान्यतामा सुरुआतदेखि नै गरिब र उत्पीडितहरूप्रति सहानुभूतिको भाव रहँदै आएको देखिन्छ । जिसस क्राइस्टको एउटा प्रख्यात भनाइ छ– “एउटा धनी मान्छेलाई स्वर्गमा प्रवेश गर्नुभन्दा बरु एउटा उँटलाई सियोको आँखाबाट निस्कनु सजिलो हुन्छ ।” क्राइस्टले अझ अगाडि बढेर भनेका छन्– “आफ्नो सम्पत्ति बेचिदेऊ र गरिबहरूलाई बाँडिदेऊ; आफ्ना लागि यस्तो थैलो जुटाऊ, जुन कहिल्यै नखिइयोस् र स्वर्गमा एउटा त्यस्तो खजाना राख, जसले कहिल्यै धोका नदेओस्, जहाँ कोही चोर नजिक नआओस् र कुनै कीराले पनि नष्ट नगरोस् किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहाँ तिम्रो हृदय पनि हुनेछ ।” अतः कुनै आश्चर्यको कुरा होइन कि सुरुआतमा इसाई धर्म गरिब र उत्पीडितहरूको धर्म थियो । जिससको सेरमोन अन दि माउन्ट (जिजसले दिएका उपदेश) देखि एपोस्टोलिक समय (जिससका सुरुआती बाह्र अनुयायीको समय) सम्म इसाई धर्मले धन–सम्पत्तिका विरुद्ध प्रचार गर्दथ्यो । त्यसैले जिससलाई ‘इतिहासका पहिलो कम्युनिस्ट’ सम्म भन्ने गरिएको पाइन्छ। इसाई धर्ममा यो धार सुरुदेखि नै रहेको पाइन्छ ।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकाका आर्थिक, राजनीतिक र सामजिक समस्याहरूलाई हेर्ने मामिलामा त्यहाँका धार्मिक क्रान्तिकारीहरू र माक्र्सवादी क्रान्तिकारीहरूबीच समानता थियो । ती समानताहरू यसप्रकार थिए–
१. पुँजीवादको आलोचनाः लिबरेसन थियोलोजी र माक्र्सवाद दुवैले पुँजीवादलाई असमानता, शोषण र अलगावलाई निरन्तरता दिएकोमा आलोचना गर्छन् । दुवैले पुँजीवादबाट सम्पत्तिको केन्द्रीकरण मुट्ठीभर व्यक्तिको हातमा हुने र बहुसङ्ख्यक मानिसहरू, विशेषगरी गरिबहरू र सीमान्तीकृतहरू पीडित हुने मान्यता राख्दछन् ।
२. मुक्तिमा जोडः माक्र्सवाद र लिबरेसन थियोलोजी दुवैले उत्पीडित मानिसहरूको मुक्तिमा जोड दिन्छन् ।
३. वर्गसङ्घर्षः मार्क्सवादले बुर्जुवा वर्ग र श्रमिक वर्गबीचको वर्गसङ्घर्षमा जोड दिन्छ । लिबरेसन थियोलोजीले पनि वर्गसङ्घर्षको अवधारणालाई समाजको विश्लेषणमा उपयोग गर्छ ।
४. सिद्धान्तलाई व्यवहारमा लागू गर्नेः माक्र्सवाद र लिबरेसन थियोलोजी दुवैले सिद्धान्त र व्यवहारको एकरूपतामा जोड दिन्छन् ।

ब्राजिलियन समाजशास्त्री माइकल लोईका भनाइमा लिबरेसन थियोलोजी र समाजवादबीच निम्न विन्दुमा समानता र सहकार्य हुन सक्छ–
१. दुवैले व्यक्ति नैतिकताको जग हो भन्ने दावीलाई खारेज गर्छन् । यो थियोलोजी र समाजवाद दुवैले अन्तरव्यक्तिगत मूल्यहरूमा विश्वास गर्छन् ।
२. दुवैले गरिबहरूलाई अन्यायबाट पीडित मान्छन् । अवश्य पनि क्याथोलिक सिद्धान्तमा गरिबहरू र मार्क्सवादी सिद्धान्तमा सर्वहारावर्गका बीच धेरै फरक छ । तर, उनीहरूको बीचमा एउटा निश्चित सामाजिक–नैतिक नातेदारीलाई इन्कार गर्न सकिँदैन ।
३. दुवैले विश्वव्यापकतामा विश्वास गर्छन्– अन्तर्राष्ट्रियतावाद वा क्याथोलिकवाद । अर्थात्, दुवै सिद्धान्त र संस्थाहरूले मानवजातिलाई समग्ररूपमा हेर्छन् र जसको धारणा एकता नश्लहरू, जातीय समूहहरू वा राष्ट्रहरूभन्दा माथि छ ।
४. दुवैले सामुदायिक जीवन र वस्तुहरूको सामूदायिक भागबण्डालाई धेरै महत्त्व दिन्छन् र विखण्डीकरण, गुमनामी, अलगाव तथा आधुनिक सामाजिक जीवनको स्वार्थी प्रतिस्पर्धाको आलोचना गर्छन् ।
५. दुवै पुँजीवाद र आर्थिक उदारवादका सिद्धान्तहरूको आलोचक छन् ।
६. दुवैले भविष्यमा सम्पूर्ण मानवजातिको बीचमा न्याय र स्वतन्त्रता, शान्ति र बन्धुत्वपूर्ण राज्यको आशा गर्छन् ।

महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ

तत्कालीन नेपालको क्रान्तिकारी एवम् आमूल परिवर्तनकारी शक्ति, नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा नेपाली जनताले इतिहासकै सर्वाधिक महानतम् कदम अघि बढाएको र पहल गरेको २७ वर्ष पूरा भएको छ । सोमबार, १ फागुन, २०७९ मा महान् नेपाली जनयुद्धको २८औं वर्षारम्भ भएकाे छ ।

जनयुद्धको ऐतिहासिक पहल गर्दा नेपालमा मुख्य राजनीतिक, सैनिक एवम् प्रशासनिक मामिलाहरूमा सामन्ती राजाका ‘विशेषाधिकार’ रहेको राजतन्त्रात्मक संसदीय व्यवस्था र त्यसलाई संस्थागत गर्ने ‘नेपाल अधिराज्यको संविधान, २०४७’ विद्यमान थिए । त्यसबेला राजाको छत्रछायाँमा र राजतन्त्रकै सहयोगीका रूपमा क्रियाशील रहेर जनतामाथि शासन गरिरहेका काङ्ग्रेस, एमाले र राप्रपाहरू उक्त संविधानमा ‘कमा’ र ‘पूर्णविराम’ समेत फेरबदल गर्न पाइँदैन र गर्नुपर्ने जरुरत छैन भनिरहेका थिए ।

नेपालको सामन्तवादी राज्यसंरचना, सामन्तवादी सामाजिक–सांस्कृतिक–आर्थिक सम्बन्ध र राष्ट्रघाती–जनद्रोही शासन व्यवस्थालाई समुल नष्ट गरेर नयाँ जनवादी गणतन्त्रात्मक राज्य प्रणाली स्थापना गर्ने सुस्पष्ट नीति, योजना, कार्यक्रम र दृष्टिकोणका साथ महान् जनयुद्धको सुरुआत भएको थियो । छापामार युद्धमा आधारित जनसैन्य अभियानमार्फत क्रमशः गाउँबाट सहर घेर्दै र स्थानीय जनसत्ता (आधारइलाका) स्थापना गर्दै अन्ततः क्रान्तिकारी शक्ति र परिवर्तनकामी जनताको संयुक्त बलमै केन्द्रीय सत्ता कब्जा गरेर जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र क्रमशः समाजवादी राज्य व्यवस्थाको सूत्रपात गर्दै विश्व साम्यवादतर्फ अगाडि बढ्नु जनयुद्धको मुख्य, घोषित र निर्धारित लक्ष्य थियो ।

सोही लक्ष्य हासिल गर्ने हिसाबले १ फागुन, २०५२ को दिउँसो अबेर, साँझ र राति गरी एकै दिन काभ्रेको मेच्छे, सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी, रुकुमको आठबिसकोट र गोरखाको च्याङ्लीमा साङ्केतिक प्रतिरोध गर्दै माओवादी पार्टीले महान् नेपाली जनयुद्धको शङ्खघोष (उदघाटन) गरेको थियो । जनवादी गणतन्त्र नेपालका स्थापनाकै निम्ति समर्पित भएर नेपाल आमाका हजारौं सपूतहरूले आफूलाई वलिदान गरे; हजारौं योद्धाहरू जनयुद्धकै सिलसिलामा राज्य पक्षद्वारा बेपत्ता पारिए र हजारौं योद्धाहरू घाइते–अपाङ्ग बने ।

माओवादी पार्टीले अघि सारेको सोही योजना, लक्ष्य र उद्देश्यमा विश्वास गर्दै र भर पर्दै लाखौंलाख नेपाली नागरिकहरूले प्रत्यक्ष–परोक्षरूपमा जनयुद्धलाई सघाए । जनस्तरको निकै ठूलो पङ्क्तिले आर्थिक, भौतिक, नैतिक सहयोग गर्‍यो । जनयुद्धकारी शक्तिलाई दबाउने नाममा राज्यले हजारौं नागरिकलाई अनेकौं किसिमले दुःख दियो; सतायो र कयौं स्थानमा त लुटपाट र आगजनी समेत गर्‍यो । तत्कालीन राज्यका तर्फबाट कतिपय निर्दोष र असम्बन्धित नागरिकमाथि समेत कुटपिट, जेलनेल, अङ्गभङ्ग, बलात्कार र हत्यासम्मका ज्यादति पनि गरियो ।

राज्य र माओवादी क्रान्तिकारी शक्तिहरूबीचको सशस्त्र लडाइँ दस वर्ष पूरा भएर दिनप्रतिदिन उत्कर्षता हासिल गरिरहेकै बेला २०६२ मा सात संसद्वादी दलहरू र माओवादी पार्टीबीच बाह्रबुँदे समझदारी भयो । त्यसपछि वृहत् शान्ति सम्झौता भयो र जनयुद्ध ‘अन्त्य’ को घोषणा समेत गरियो । नेपाली जनयुद्धले आफ्नो मुख्य लक्ष्य हासिल गर्न बाँकी नै रहे तापनि मूलतः जनयुद्ध र त्यसैको जगमा सिर्जना भएको २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन समेतको योगफलस्वरूप नेपालमा गणतन्त्रको स्थापना भयो । संविधानसभाको चुनाव भयो, जननिर्वाचित प्रतिनिधिहरूद्वारा संविधान लेखेर घोषणा गरियो । सङ्घीयता, धर्मनिरपेक्षता, वर्ग–लिङ्ग–क्षेत्र–जातजातिको समानुपातिक प्रतिनिधित्वको व्यवस्था आदि उपलब्धि ‘नयाँ’ संविधानमार्फत संस्थागत गरिए ।

जनयुद्धबाट हासिल भएका उपलब्धिहरूलाई संरक्षित एवम् संस्थागत गर्दै र हासिल हुन बाँकी राजनीतिक लक्ष्य–उद्देश्य प्राप्तिका निम्ति नेपाली कम्युनिस्ट शक्तिहरू अहिले पनि सङ्घर्षरत र क्रियाशील छन् । यतिबेला नेपाली प्रगतिशील एवम् देशभक्त र क्रान्तिकारी शक्तिहरू र नेपाली जनता महान् जनयुद्धको २८औं वार्षिकोत्सव मनाइरहेका छन् ।

रुसी अक्टोबर क्रान्ति : युगान्तकारी परिघटना

‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो ।’ (जोसेफ स्टालिन, स्टालिनका छानिएका रचनाहरू, पृष्ठ ९१, पैरवी प्रकाशन काठमाडौं, २०६४)

पृष्ठभूमि

भ्लादीमिर इल्यिच लेनिन (सन् १८७०– २९२४) अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता, एक दार्शनिक, सिद्धान्तकार र लेनिनवादका प्रवर्तक समेत हुनुहुन्छ । साथै महान् लेनिन महान् अक्टोबर रुसी समाजवादी क्रान्तिका नेता तथा विश्वमै पहिलो सर्वहारा वर्गको अधिनायकत्व स्थापितकर्ता हुनुहुन्छ । महान् लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ९ रुसी नयाँ क्यालेन्डर अनुसार सन् १९१७ नोभेम्बर ७ का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।

महान् अक्टोबर क्रान्ति एक महान् सर्वहारा समाजवादी क्रान्ति थियो । अक्टोबर एक युगान्तकारी परिघटना थियो । त्यस क्रान्तिले नयाँ विश्वक्रान्तिको थालनी गरेको थियो र त्यो मानव जातिको इतिहासमा नयाँ युगको द्योतक थियो । त्यस क्रान्तिले विश्वका विभिन्न देशहरूमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढाउनका लागि नयाँ अध्यायको ढोका खोलिएको थियो । अक्टोबर क्रान्तिपश्चात विश्वका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरू स्थापना हुन गएका थिए ।

त्यस क्रान्तिपश्चात् पूर्वी युरोपका २०औं देशहरूमा सोभियत मोडेलको समाजवाद लागू गरिएको थियो भने चीन, भियतनाम, कोरिया, कम्बोडिया, क्युवा आदि देशहरूमा क्रान्ति सम्पन्न गरिएको थियो । यसरी त्यसबखत विश्वको जनसंख्याको एक तिहाई जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगेका थिए । र, विश्वभर नै कम्युनिस्ट क्रान्तिकारीहरू लहर आएको थियो ।

यस लेखमा विश्वसर्वहारा वर्गका महान् नेता लेनिनसित अन्तरसम्बन्धित भएर लेनिनद्वारा लेनिनवादको प्रादूर्भाव, लेनिनद्वारा संश्लेषण गरिएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको विश्लेषण, उहाँले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पु¥याउनु भएको योगदानका बारेमा केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

मार्क्सवादमा योगदान

महान् अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सैद्धान्तिक पथप्रदर्शनमा भ्लादीमिर इल्यिच लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक)द्वारा सम्पन्न पहिलो सर्वहारा क्रान्ति हो । त्यो क्रान्तिमा माक्र्सवादको पहिलो पटक रुसी भूमिका प्रयोग भएकोले यो क्रान्ति महान् लेनिनको योगदानसित सम्बन्धित रहेको छ । माक्र्सवाद अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादको निर्माणमा कार्लमाक्र्स (सन् १८१८–१८८८) र फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) महत्त्वपूर्ण भूमिका र योगदान रहेको थियो ।

लेनिन महान् माक्र्सवादी हुनुहुन्थ्यो । उहाँले माक्र्सवादलाई राम्रोसित आत्मसात गर्नुभएको थियो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा भएको हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौत्तिकवादी दर्शन हो । यसको सिद्धान्त भौत्तिकवाद हो भने यसको पद्धति द्वन्द्ववाद हो । यो दर्शन सबैखाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।

मार्क्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । यसले वस्तुहरूका बीचको सम्बन्धलाई होइन, मानिसहरूका बीचको सम्बन्धलाई आधार मानेर चल्दछ ।

मार्क्सवादद्वारा विकसित वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा वर्गसंघर्षको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको स्थापनाको सिद्धान्तको समष्टि हो । यसले राज्यसत्ताको क्षेत्रमा सबैखाले प्रतिक्रियावाद तथा काल्पनिक समाजवादको विरोध गर्दछ ।

मार्क्सवादका सैद्धान्तिक प्रस्थापनाहरूमा लेनिनले आफ्ना विभिन्न रचनाहरूमा गहन अध्ययन विश्लेषण र संश्लेषण गर्नुभएको छ । लेनिनले माक्र्सवादका ‘तीन श्रोत तथा तीन संघटक अंग, कार्लमाक्र्स र उनको शिक्षा’ जस्ता सार्गर्वित लेखहरू अत्यन्तै सरल र संक्षिप्त रुपमा घनिभूत ढंगले सूत्रबद्ध गरेर विशेष पठनीय बनाउनु भएको छ ।

मार्क्सवादको महत्वमाथि प्रकाश पार्दै लेनिन अगाडि भन्नुहुन्छ, ‘मार्क्सवादको शिक्षा सर्वशक्तिमान छ किनकि सत्य छ । त्यो सम्पूर्ण तथा सामन्जस्यपूर्ण छ र त्यसले मानिसलाई एक यस्तो अखण्ड विश्वसंकल्पना प्रदान गर्दछ जुन कुनै पनि प्रकारका अन्धविश्वास, प्रतिक्रियावादी प्रक्रिया पुँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कट्टर विरोधी छ । १९औं शताब्दीमा जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादका रुपमा मानव जातिका जुन सर्वश्रेष्ठ उपलब्धिहरू रहेका छन्, माक्र्सवाद तिनको विधिसम्मत उत्तराधिकारी हो ।’ लेनिन (लेनिन संकलित, चनाएँ– दश खण्डों में खण्ड–४, पृष्ठ १९४, प्रगती प्रकाशन मास्को, १९८२ ।)

मार्क्सवादका तीन श्रोत जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादकाबारेमा जुन यहाँ उल्लेख गरिएको छ, यसै श्रोतका आधारमा माक्र्सवादका तीन संघटक अंग विकसित भएका छन्, ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ।

लेनिन एकातिर माक्र्सवादका यसप्रकारका तीन श्रोत तथा तीन संघटक अंगहरूलाई आत्मसात गर्नुभएको थियो भने अर्काेतिर माक्र्सवादलाई समग्रमा विकसित पनि तुल्याउनु भएको छ । माक्र्सवादको यो विकास भीषण वर्गसंघर्ष र क्रान्तिका बीचबाट भएको छ । यस प्रकारका संघर्ष र क्रान्तिमा महान् अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक उत्कर्ष थियो ।

महान् अक्टोबर क्रान्तिमा योगदान

महान् अक्टोबर क्रान्तिमा लेनिनको महत्वपूर्ण योगदान रहेको छ । सन् १९१७ मा रुसमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्ति विश्वइतिहासमा एक युगान्तकारी परिघटना थियो । त्यो क्रान्ति पुँजीवादी युगको अन्त्य र वैज्ञानिक समाजवादी युगको प्रारम्भको एक ऐतिहासिक उद्घोषण थियो । त्यसले पुरानो बुर्जुवा संसदीय युगको अन्त्य र नयाँ सर्वहारा अधिनायकत्वको युगको थालनी गरेको थियो । त्यसले रुसमा मात्र होइन संसारलाई नै एक नयाँ उत्प्रेरणा र सन्देश दिएको थियोे । त्यो क्रान्ति मानव जातिको इतिहासमा एक महान् अग्रगामी गुणात्मक छलाङ थियो ।

महान् अक्टोबर क्रान्ति सन् १८७१ मार्च १८ देखि १८७१ मे २८ सम्म कायम रहेको ऐतिहासिक पेरिस कम्युनको निरन्तरता र उत्तराधिकारीणी हो । पेरिस कम्युनको सन्दर्भमा मार्क्सले भन्नुभएको थियो, ‘यदि कम्युन विनष्ट गरियो भने पनि कम्युनका सिद्धान्त साश्वत र अविनासी छन्, ती श्रमिक वर्गको मुक्ति नहुँदासम्म बारम्बार प्रकट भइरहने नै छन् ।’ माथि मार्क्सले भन्नुभए झै पेरिस कम्युनका सिद्धान्तहरू साँच्चै साश्वत तथा अविनासी छन् ।

पेरिस कम्युनको ध्येयमाथि प्रकाश पार्दै लेनिनले भन्नुभएको थियो, ‘कम्युनको ध्येय– यो सामाजिक क्रान्तिको ध्येय, श्रमिकहरूको पूर्ण स्वतन्त्रता तथा आर्थिक मुक्तिको ध्येय हो । यस सम्पूर्ण दुनियाँका सर्वहारा वर्गको ध्येय हो । र, यस अर्थमा त्यो अमर छ ।’ भिआइ लेनिन, संकलित रचनाएँ दश खण्डो में खण्ड–४, पृष्ठ १३७, प्रगति प्रकाशन मास्को, १९८२ । जसरी लेनिनले पेरिस कम्युनका ध्येय अर्थात् सैद्धान्तिक उद्देश्यलाई अमर बताउनुभयो छ । पेरिस कम्युनका ती अजर अमर सिद्धान्त तथा ध्येय रुसी अक्टोबर क्रान्तिमा पुनः अविर्भाव हुन पुगेका थिए । लेनिनले क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तमा जोड दिनुभएको थियो । त्यतिमात्र होइन, लेनिनले त्यस सिद्धान्तलाई नीति र कार्यक्रममा ढाल्नु भएको थियो ।

समग्र रुसी क्रान्ति दुई ऐतिहासिक चरणका बीचबाट सम्पन्न भएको थियो । रुसी क्रान्तिको पहिलो चरण पुँजीवादी जनवादी क्रान्तिको चरण थियो । त्यो चरण सन् १९०५ हुँदै १९१७ को फरबरी क्रान्तिमा पूरा भएको थियो । र, रुसी क्रान्तिको दोस्रो चरण १९१७ अक्टोबरसम्म सम्पन्न वैज्ञानिक समाजवादी क्रान्तिको चरण थियो । यी दुई बेग्लाबेग्लै चरणका निम्ति बेग्लाबेग्लै रणनीति अप्नाइएका थिए । रुसमा सञ्चालन गरिएका यी दुबै क्रान्तिमा लेनिनको अग्रनी नेतृत्वदायी योगदान रहेको थियो ।

लेनिनवादमा योगदान

लेनिनवाद माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा विकास भएको माक्र्सवादी सिद्धान्त हो । अर्थात् माक्र्सवादमा आधारित रही लेनिनद्वारा विकसित विचारहरूको शृङखला नै लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान– विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो । (लेनिन सन् १८७०–१९२४) लेनिनवादका प्रतिपादक हुनुहुन्छ । लेनिनवाद के हो भन्ने विषयमा स्टालिनले भन्नुभएको छ, ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धमन्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो ।’– स्टालिन, स्टालिनका छानिएका रचनाहरू , पृष्ठ ९१, पैरवी प्रकाशन, काठमाडौं, २०६४) माथि पनि उल्लेख गरिएको छ, यहाँ स्टालिनद्वारा लेनिनवादको सटिक परिभाषा दिइएको छ ।

यहाँनिर स्पष्ट कुरा के हो भने लेनिनले माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्ने प्रक्रियामा क्रान्तिका बीचबाट लेनिनवादको निर्माण गर्नुभएको हो । लेनिन कै जमानामा संशोधनवादले मौलाउने र हुर्कने मौका पायो । त्यसले माक्र्सवादको तोडमोड तथा विकृतिकरण गर्न पुग्यो । लेनिनले संशोधनवादका विरुद्ध कडा सैद्धान्तिक संघर्ष चलाएर माक्र्सवादको रक्षा र विकास गर्नुभएको थियो । लेनिन माक्र्सवादको रक्षाका मात्र सिमित रहनु भएन, उहाँ रुसी धर्तीमा महान् अक्टोबर क्रान्ति मार्फत् त्यसको प्रयोग समेत गर्नु भयो ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवादको रक्षा र प्रयोग गर्ने क्रममा विकसित तथा परिवर्तित परिस्थितिमाथि आवश्यक ध्यान दिँदै लेनिनले माक्र्सवादको विकास गर्नु भएको हो । यस सन्दर्भमा लेनिन जडसूत्रवाद र अनुभववादका विरुद्ध कडा विचारधारात्मक संघर्ष चलनउनु भएको थियो ।